ताजा समाचार

वैशाख २३ गते २०७६

बच्चालाई फलानो जस्तो बनाउछु होईन,के बन्न चाहन्छ बुझ्ने की ?

बालबच्चालाई हामी भन्छौ, ‘तिमी ठूलो मान्छे बन्नुपर्छ, फलानो जस्तै ।’ कसैले भेट्नसाथ बालबालिकालाई सोध्ने प्रश्न पनि उही हो, ‘ठूलो भएपछि के बन्छौ रु कस्तो बन्नेछौ रु’ अक्सर हामी उनीहरुको दिमागमा यो कुरा भरिदिन्छौ कि, उनले ठूलो मान्छे बन्नुपर्नेछ । ठूलो कस्तो रु हामी उदाहरणसहित भनिदिन्छौ, ‘मार्क जुकरबर्ग जस्तो, बिल गेट्स जस्तो ।’ गौतम बुद्ध, महात्मा गान्धी, लक्ष्मीप्रसाद देवकोटा जस्तो यस्तै(यस्तै नाम दिन्छौ ।

बच्चा कस्तो बन्ने त र ?

महात्मा गान्धी जस्तो कि मार्क जुकरबर्ग जस्तो रु बच्चाले कुन आदर्श रोज्ने रु कसलाई पच्छ्याउने रु को जस्तो हुने रु

वास्तवमा हामीले यसरी ‘फलानो जस्तो बन्नुपर्छ’ भन्नु नै गलत छ । त्यसले बच्चालाई प्रेरित भन्दा बढी दबाव दिन्छ । दबावले तनाव । हाम्रा बच्चाहरु दिमागमा त्यही कुरा भरेर हिँड्छन् कि, भोलि मैले फलानो जस्तो बन्नुछ । अतः हामी सोध्छौ, ‘भविष्यमा तिमी के बन्छौ रु’

बच्चाले झटपट जवाफ दिन्छन्, ‘फलानो जस्तो ।’

बुवाआमाको इच्छा छोराछोरीमा लाद्ने

अक्सर बच्चालाई बुवाआमाले त्यही बनाउन चाहन्छन्, जो उनको इच्छा थियो । अर्थात आफ्नो इच्छा र आकंक्षा बच्चामाथि लाद्ने गरिन्छ ।

कतिपय अभिभावकले आफ्नो अधुरो इच्छा छोराछोरीमार्फत पुरा गराउन चाहन्छन् । जस्तो कुनै व्यक्ति अभिनेता बन्न चाहन्थे, तर उनी त्यसमा सफल भएनन् । अब उनले आफ्नो बच्चामाथि त्यो इच्छा लाद्न थाल्छ । अर्थात आफु जुन कुरामा अतृप्त छन्, त्यही कुरा बच्चामार्फत तृप्त गराउन खोज्छन् ।

कोही व्यक्तीलाई चर्चित बन्ने भोक थियो, उनी आफ्नो जीवनकालमा चर्चित भएनन् । अब छोराछोरीमा उनी यस्तो सपना बिच्छ्याउन थाल्छन् ।

छोराछोरीको भविष्यमा पनि बुवाआमाले हस्तक्षेप गर्छन् । बच्चा गर्भमा रहँदै उनी के बन्ने भन्ने कुरा बुवाआमाले तय गरिदिन्छन् । भन्छन्, ‘म मेरो छोरोलाई फुटबरल बनाउँछु ।’ भन्छन्, ‘म मेरो छोरोलाई उद्योगपति बनाउँछु ।’

बच्चालाई के बन्ने, के नबन्ने थाहा हुँदैन । उनीहरुलाई भविष्यको चिन्ता पनि हुँदैन । यद्यपी अभिभावकले उनीहरुको कलिलो मस्तिष्कमा त्यही कुरा लाद्न थाल्छन्, ‘भोलि तिमीले यस्तो बन्नुपर्छ । फलानो जस्तो बन्नुपर्छ ।’

यहि कारण त बच्चामाथि अभिभावकको निगरानी र दबाव हुन्छ । बच्चालाई कहाँ पढाउने, के पढाउने भन्ने कुरामा समेत अभिभावकले हस्तक्षेप गर्छन् ।

छोराछोरी के बन्न चाहन्छन् ?ामी सोध्दैनौ, भोलि तिमी के बन्न चाहन्छौ ?

हरेक बालकालिकाको आफ्नो रुची हुन्छ । आफ्नै खुबी हुन्छ । आफ्नै क्षमता हुन्छ । तर, हामीले अपेक्षा गरे अनुरुप उनीहरुमा क्षमता एवं खुबी नहुन सक्छ ।

जस्तो, म आफ्नो बच्चालाई चिकित्सक बनाउन चाहन्छु । आफ्नो बच्चा चिकित्सक हो भनेर गर्व गरेर हिँड्ने सपना देख्छु । आफन्त(इष्टमित्रलाई भन्छु पनि, ‘मेरो बच्चा चिकित्सक बन्नेछ ।’

तर, बच्चालाई विज्ञानमा रुची नहुन सक्छ । उनको क्षमताले पनि नभ्याउन सक्छ । त्यस्तो अवस्थामा हामी निरास हुनपुग्छौ । छोराछोरीले आफ्नो इच्छा पुरा नगरिदिएकोमा खिन्न हुन्छौ ।

के यसमा बलबच्चाको गल्ती छ ?

पक्कै छैन । गल्ती त हाम्रो छ । हामीले आफ्नो इच्छा उनीहरुमाथि लादेका छौ । हाम्रो इच्छा र आकंक्षाको भारी बोकाएका छौ ।

बच्चा के बन्न चाहन्छन् रु उनको रुची के छ रु आमाबुवाले बुझ्नैपर्ने कुरा यही हो । बच्चाहरुको आफ्नै रुची हुन्छन् । उनीहरुले जुन कुरामा रुची राख्छन्, त्यसैलाई मलजल गरिदिने काम हाम्रो हो । कुनैपनि क्षेत्र आफैमा कमसल र कमजोर छैनन् । बच्चा एउटा शिक्षक बन्न चाहन्छ, फुटबलर बन्न चाहन्छ, कलाकार बन्न चाहन्छ । यो उनको आफ्नो रुचीका क्षेत्र हुन् । जुन क्षेत्रमा उनीहरुको रुची हुन्छ, त्यही क्षेत्रमा उनीहरुको भविष्य सुनौलो हुन्छ ।

डाक्टर वा पाइलट बन्दैमा, सरकारी जागिर खाँदैमा बच्चाको भविष्य सुरक्षित र उज्वल हुने होइन । उनीहरुले जे गरोस्, त्यसमा तन र मन लगाएर गरोस् । आफुलाई सम्पूर्ण रुपमा त्यही काममा लगाउन सकोस् । तब उनले उन्नती गर्छ । चाहे खेती किसानीमा होस् वा उद्यममा । चाहे कलाकारितामा होस् वा खेलकुदमा ।

हरेक क्षेत्रमा आफ्नै संभावना हुन्छन् । कुनैपनि क्षेत्र सानो वा ठूलो हुँदैन । महान र कमसल हुँदैन । उक्त क्षेत्रमा तपाईं कसरी काम गर्नुहुन्छ रु त्यो चाहि महत्वपूर्ण हो ।

इच्छाको विजारोपण

हुन त बच्चालाई हामी यस्ता कुरा किनपनि सिकाउँछौ भने, उनीहरुले ‘ठूलो हुने लक्ष्य राखिदियोस् ।’ ठूलो, असल वा महान् । यसले गर्दा उनीहरु पथभ्रष्ट हुँदैनन् । लक्ष्य राख्नु पक्कैपनि राम्रो हो । जब उनीहरुले लक्ष्य निर्धारण गर्छन्, तब उनीहरु दायाँ(बायाँ लाग्दैनन् । आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर खटिन्छन् । मेहनत गर्छन् । संघर्ष गर्छन् । यसले उनीहरुलाई लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न पनि सिकाउँछ ।

तर, लक्ष्य कसरी तय गर्ने रु लक्ष्य निर्धारणका आधार के हुन् भन्ने कुरा अभिभावकलाई थाहा हुनुपर्छ । आमाबुवाले नै बच्चाका लागि लक्ष्य तय गरिदिने होइन । फलानो जस्तो बन भनिदिने होइन ।