ताजा समाचार

वैशाख २० गते २०७६

पोनस्टारबाट भूतस्टार बन्दै सन्नी लियोनी

केही समययता बलिउड फिल्ममा ‘हरर कमेडी’को रंग छाएको छ। यसै क्रममा पोनफिल्मबाट चर्चामा आएकी अभिनेत्री सन्नी लियोनी पनि हरर फिल्ममा देखिने भएकी छन्।

पहिलो पटक हरर फिल्ममार्फत उनी मुख्य भूमिकामा देखिन लागेकी हुन्। साथै, उनको भूमिका ‘भूत’को रहने छ।

पछिल्लो जानकारीअनुसार फिल्मको नाम ‘कोका कोला’ राख्ने विषयमा छलफल भइरहेको छ। फिल्मका निर्माता महिन्द्रा धारीवाल हुन्। फिल्मको सुटिङ जुनदेखि सुरु हुने बताइएको छ।

जिस्म २ बाट बलिउडमा पाइला टेकेकी सन्नीले ज्याकपट, रजनी एमएमएस २, एक पह्ली लिला र तेरा इन्तजारमा अभिनय गरेकी छिन्।

अब बन्ने फिल्म सन्नीका लागि नयाँ विषयवस्तुमा आधारित भएकाले खास हुने अनुमान गरिएको छ। साथै, फ्यानको पनि उनलाई मुख्य भूमिकामा हेर्ने चाहना पुरा हुने भएको छ।

यसअघि श्रद्धा कपुर र पणनीति चोपडाले ‘हरर कमेडी’ फिल्ममा आफ्नो भूमिका निभाएका थिए। उसलाई दर्शकले निकै रुचाए।