ताजा समाचार

वैशाख १९ गते २०७६

जेठमै दयाहाङका तीन फिल्म

अभिनेता दयाहाङका यस नयाँ वर्षको जेठ महिनामा तीन वटा फिल्म प्रदर्शनमा आउन लागेका छन् । जेठ ३ मा जात्रै जात्रा, जेठ १० मा दयारानी र जेठ २४ मा आप्पा प्रदर्शनको डेट कुरेर बसेका छन् ।

करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म लुटपछि अभिनेता दयाहाङले नेपाली फिल्ममा केही वर्ष राम्रै चर्चा कमाउन सफल भए । त्यसअघि उनले साना तिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए ।

लुट’ उनको जीवनको टर्निङ प्वाइन्ट सावित भयो । त्यसपश्चात उनले आजसम्म करिअरमा पछाडि फर्केर हेर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।