१
तिमी मात्रै दुखी छैनौ धेरै दुखी छन यहाँ
तिमी मात्रै बेखुशी छैनौ धेरै बेखुशी छन यहाँ ।
थकित बटुवाले उजाड चौतारीमा बास बसेकै हुन्छ
सुख्खा आखाबाट नपत्याउदो गरि आसु खसेकै हुन्छ
तिमी मात्रै बेहोशी छैनौ धेरै बेहोशी छन यहाँ
तिमी मात्रै बेखुशी छैनौ धेरै बेखुशी छन यहाँ ।
सगालेर राखेको हासो कतै जोगिन्छ त कतै पोखिन्छ
जिन्दगीको यात्रा पनि कतै ठोकिन्छ त कहि रोकिन्छ
कोहि असजिलो छन भने कोहि हितैषी छन यहाँ
तिमी मात्रै बेखुशी छैनौ धेरै बेखुशी छन यहाँ ।
२
हेरेकै हो खै के हेरिएछ कुन्नी वरीपरीको नदेख्ने गरी
महसुस खै के गरिएछ कुन्नी अरुलाई भन्न नसक्ने गरी ।
कोठामा हुदा खेरी भित्ताहरुको किन हुँदैन आभास
सुन्दरता बाड्नेले आकर्षण खोज्नेले किन छर्दैन सुबास
अर्थ खै के बुझिएछ कुन्नी कतै केही नलेख्ने गरी
महसुस खै के गरिएछ कुन्नी अरुलाइ भन्न नसक्ने गरी ।
मौन बसिदिनेको मनलाई पढ्न सक्किन जस्तो छ
खोलामा पानी बगेसरि बिचार बहकिन्न जस्तो छ
साउती खै के मारिएछ कुन्नी बतासले पनि नसुन्ने गरी
महसुस खै के गरिएछ कुन्नी अरुलाइ भन्न नसक्ने गरी ।
३
यि मेरा आखा धमिला होउन, तिम्रो आसु देख्न नपरोस
केही नलेखोस मेरो आसुले, अधुरो कथा लेख्न नपरोस ।
हेर्न बनाइएका यी आखाले, तिमीलाई देखेको हिजो झै लाग्छ
एक्लो हुँदा तिमीलाई सम्झेर, कबिता लेखेको हिजो झै लाग्छ
हासो सुहाउने तिम्रो मुहारमा, पिरका छिटा पोख्न नपरोस
केही नलेखोस मेरो आसुले, अधुरो कथा लेख्न नपरोस ।
आज तिम्रो आखामा आसु छ, मेरो मुटुमा आगो नै आगो छ
तिम्रो जिन्दगी जलमग्न हुँदा, मेरो भने बाझो नै बाझो छ
घाइते मुटुमा मल्हम लाउनुछ, दुखेको छातिलाई घोच्न नपरोस
केही नलेखोस मेरो आसुले, अधुरो कथा लेख्न नपरोस ।