निर्देशक झरना थापाको अर्काे फिल्मको घोषणा

अहिले प्रदर्शनमा रहेको फिल्म (ए मेरो हजुर ३ )को सफलतापछि अभिनेत्री, निर्देशक झरना थापाले अर्को फिल्मको घोषणा गरेकी छन् ।

यसअघि निर्माण हुने भनेर रोकिएको फिल्म ‘भागवत गीता’ बनाउने घोषणा गरेकी हुन् । झरना यो फिल्म (ए मेरो हजुर ३ ) रिलिजपछि निर्माण गर्ने तयारीमा रहेपनि विभिन्न कारणले केही पछाडि धकलिएको थियो ।

झरनाले आधिकारिक फेसबुक पेजमा अनमोल र सुहानासँगको एक तश्बिर साझेदार गर्दै अंग्रेजीमा लेखेकी छन्, विथ माई भागवत गीता ।

यो सँगै फिल्मका लागि लिड कलाकार पनि फाइनल भएको बुझ्न सकिन्छ । झरनाको तेस्रो निर्देशनमा बन्ने यस फिल्ममा (ए मेरो हजुर ३ ) को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने तय भएको हो ।

फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । केही दिनमा अभिनेत्री सुहानाको जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिने भएको छ ।