‘सारेगामापा लिटिलच्याम्प’मा विजेता आयुष केसी पाए १०० मा १००%

भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्।

नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

हिजोको एपिसोडमा प्रतियोगीहरुले बलिउड धमाका मच्चाएका थिए जसमा प्रितमले शाहरुख खान बनेर स्टेजमा पुगेका थिए भने उनले स्टेजमा तुजे देखा तो ए जाना सनम गाएका थिए । उनले निकै र गज्जबको गाएका थिए जसका कारण जजहरुले उनलाई १०० मा १०० प्रतिशत दिएका थिए भने चार्ट बस्टर पर्फमेन्सका लागि जजहरुले स्ट्यान्डिङ ओभेसन समेत दिएका थिए ।