नेपाली सिनेमा क्षेत्रमा पनि पुराना चर्चित गीतलाई रिमेक गरेर राख्ने चलन बढेको छ । अब चर्चित गीत ‘चट्ट रुमाल’ को पनि रिमेक बन्ने भएको छ ।
सुपरहिट फिल्म आफनो मान्छेको गीत ‘चट्ट रुमाल’ लाई रिमेक गरेर सलिनमान बनियाँको प्रतिक्षामा रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ मा राखिएको हो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित गीतलाई रिमेक गरी यो फिल्ममा राखिएको हो ।
केशव भट्टराइको निर्माण रहेको यात्रा फिल्म निर्माण टिमले सोही गीतको सुटिङको तस्बिर सार्वजनिक गरेको छ । जहाँ सलिनमान , सलोन बस्नेत , डेब्यु नायिका मलिका महत ,जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत छन् ।
पुरानो गीतमा सञ्चारकर्मी बाबुराम दाहालको शब्द ,शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो भने रिएरेञ्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइको स्वर छ । फिल्ममा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । फिल्म चैत २९ मा रिलिज हुँदै छ ।




