ओलीले भने ” निर्मलाका हत्यारा पत्ता लगाउँन अब विदेशी अनुसन्धान वोलाउने

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बताए र प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरि छाड्ने बताएका छन् ।

उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेता पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताए र दोषी फेला परेन भनेर सरकार चुप लागेर नबस्ने बताएका छन् ।

नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीको भनाई उद्धृद गर्दै निर्मला पन्तको घटनालाई निष्कर्षमा र्पुयाउन नेपाल प्रहरी असक्षम भए विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि घटनाका दोषीलाई पत्ता लगाई छाड्ने बताएको जानकारी दिएका छन् ।

भट्टराईले भने, ‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्ड बारे गम्भीरताका साथ कुरा राखेको बताए । आवश्यक पर्याे भने अन्तर्रा्ष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउने उनको सोच रहेको छ ।’

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराहरु पत्ता सकेको छैन । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि नागरिकले आलोचना गरेका छन् ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको बताएको नेता भट्टराईले जानकारी दिएका छन् ।