प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गरेका छन् ।
रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नको निम्ती शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् ।
जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीहरुलाई एक लाखको बीमा गर्ने कार्यक्रम अघि सारिएको बताएका छन् ।
मुख्यमन्त्री राउतले पहिलो चरणमा ८ वटा जिल्लाको एकरएक पालिकालाई छनौट गरिएको जसमध्ये रौतहटमा यमुनामाई गाउँपालिकालाई छनौट भएको स्पष्ट पारेका छन् ।