प्रदेश २ को सरकारलाई धक्का

प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएका छन् ।

प्रमाणीकरणका लागि प्रदेश प्रमुख कायस्थ समक्ष पेस गरिएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसदमै फिर्ता पठाइएको बताइएको छ। 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसदमा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ।