नायिका सोनालीको क्यान्सर उपचार

बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फकिएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन् ।

सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान् गोल्डी बेहलले बताए । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलको भनाइ छ ।

अव सोनालीको उपचार पूरा भएको र अब उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए ।

अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनुपर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहलको भनाइ छ ।