ड्यामसाइडमा दीपावली सांगीतिक साँझ हुने

ड्यामसाइड क्लबपोखरा १७ ले चौंथो संस्करणको दिपावली सांगीतिक साँझको तयारीलाई तीव्रता दिएको छ । ड्यामसाइडमाफुटबल स्टेडियम स्थापना गर्ने उद्देश्यसहित १९ गते साझँ ५ देखि १० बजेसम्म ड्यामसाइडमा कार्यक्रम गर्न गइरहेको क्लबकाअध्यक्षपदमबहादुर ढकालले जानकारी दिए ।

फुटबल विकासलाई मुख्य लक्ष्य बनाएर २ दशकअघिभएको क्लबले हालसम्म दर्जनौं राष्ट्रियता तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको क्लबका महासचिव कृतिवल्लभ त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘आउँदो पिँढीलाई पनि फुटबलमा समाहित गराइराख्न स्टेडियम निर्माण गर्न लागेको त्यसैको सहयोगार्थ साँझको आयोजना गरेका हौं ।’ क्लबले कार्यक्रम गर्न राजु गुरुङको संयोजकत्वमा विभिन्न उपसमितिगठन गरेको छ ।