यसपालिको दसैंका कुन कुन दिन पर्न सक्छ पानी ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना देखाएको छ । दशैं विशेष मौसम बुलेटिन जारी गर्दै विभागले यस्तो बताएको हो ।

विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर विशेष बुलेटिन सार्वजनिक गरेको छ । अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना देखिएको छ ।

विभागको विशेष बुलेटिनमा भनिएको छ, ‘बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

असोज १५ गते नवमीको दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी असोज १४ गते अष्टमीको बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

विभागका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ । हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

असोज १४ ९अष्टमी०स् बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागको अनुमान

असोज १५ ९नवमी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ ९दशमी०स् बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।