अहिले संसद विघटन भएपछि सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सचेतक हितराज पाण्डे, एमाले सचेतक सुनिता बरालले गाडी फिर्ता गरिसकेका छन् । तर राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले भने अझै सरकारी गाडी दुरुपयोग गरिरहेका छन् ।
राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले चीन सरकारले दिएको विद्युतीय गाडी संसद सचिवालयबाट बलजफ्ती सवारी साधन लगेका थिए । सचिवालयले पटक पटक उनलाई गाडी फिर्ता गर्न भने पनि उनले मानेनका छैनन्।
संसदका पूर्वपदाधिकारीलाई सुविधा दिने कानुन छैन । भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको सिंहदरबार आगजनीमा संसद सचिवालयका मात्रै १८ वटा गाडी र ३६ वटा मोटरसाइकल जलेका छन्।




