पोखरा ८ बगाले टोलमा बुधबार बिहान खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
४२ वर्षीया राधिका कुँवरलाई उनका पति जहरसिंह कुँवरले खुकुरी प्रहार गरी हत्या गरेका छन् । सामान्य झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेको र राधिकाले चिच्याएपछि छिमेकी पुगेका थिए ।
कास्की प्रहरीले जहरसिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ । सवा १२ बजेतिर घटनापछि राधिकालाई उपचारका लागि गण्डकी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कुँवर दम्पत्तिका एक छोरा छन् ।




