आयो दल विभाजन अध्यादेश, नेपाल र महन्थलाई सजिलो

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको छ ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई पार्टी विभाजन गर्न सहयोग हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

ुसरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधान संशोधन गर्दै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ,ु एक मन्त्रीले भने ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउनु पर्ने प्रावधान थियो ।