
बरु बस्न सकूँ दूरदराजमा दियालो बनेर
के फरक पर्छ दुःखमा म भूईचालो बनेर
झर्न पनि सिक तिमी, चढ्न पनि सिक
समयले रुप फेर्छ उकालो ओरालो बनेर
गिट्टी बन्नु छ उस्लाई, सालिक बन्नु छ
ढुङ्गा बस्दैन खहरेको भड्खालो बनेर
हत्केलाको शिल्प प्रदशनी गर्दैछन् बाले
जिन्दगीमा भगवान् आयो निगालो बनेर
पियारा तिम्रो हत्केला र निधार दुबै हेर्छु
गरिबी पनि जेलिरहदोरैछ जालो बनेर