कपाल झरेर हैरान हुनुहुन्छ? यस्ता छन् समाधानका उपाय

जाडो यामको सुरुवातसँगै कपाल झर्ने र चाया पर्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ । सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । तर त्यसबाहेक पनि अझ बढी कपाल झरेको छ भने चाहिँ केही समस्याले झर्दै छ भन्ने बुझ्नु पर्छ ।

बिषेश गरेर कपाल झर्ने समस्या हरेकले भोगेको समस्या हो । कसैको सामान्य अवस्थामा कपाल झर्छ भने कतिको अस्वाभाविक रूपमा । कपाल झर्नुको बेलैमा कारण पत्ता लगाएर सावधानी अपनाउने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१.आजकलको दैनिक जीवन निकै तनावपूर्ण हुने गर्छ । मानिसको शारीरिक तथा मानसिक तनावले पनि कपालको जरा कमजोर बनाउछ र कपाल झर्ने समस्या बढ्छ । तनाव लिने बानी कम गर्ने जसले गर्दा स्वस्थ रहन र कपाल झर्नबाट रोक्न मद्धत पुग्छ ।

२.लामो समयसम्म गर्भनिरोधक औषधी खाने, एस्पिरिन र एण्टी(बायोटिक्स प्रयोग गर्नाले कपाल झर्ने समस्या देखीन सक्छ । यसका लागी चिकित्सकलाई नसोधी कुनै पनि औषधीको प्रयोग र यदी कुनै बिमारीका कारण कपाल झर्न थाल्यो भने सकेसम्म चाडो चिकित्सकसँग सल्लाह लिने गर्नुपछ ।

३. कपाल झर्ने समस्याबाट राहत पाउन आफ्नो खानपानमा ध्यान दिनुपर्छ । पौष्टिक भोजनको मद्ददले कपाल झर्ने समस्यामा राहत पाउन सकिन्छ ।

४. केमिकलयुक्त धुँवा, माटो आदीले पनि कपाल झर्ने हुदा यसबाट बच्नका लागि बाहिर निस्किँदा सकेसम्म कपाललाई स्कार्फ, टोपी आदीले ढाक्ने गर्नुपर्छ । यस्तो गर्दा कपाल सिधा प्रदुषणबाट जोगिन्छ र कपाल झर्ने समस्यामा कमी आउँछ ।

५. हेयर(स्टाइलिङ्गः हेयर स्टाइलको नाममा केमिकलयुक्त उत्पादनहरूको प्रयोग र हेयर ट्रिटमेन्टको कारण पनि कपाल झर्ने गर्छ । यसकारण केमिकल हेयर ट्रिटमेन्टबाट बच्नु सबैभन्दा राम्रो उपाय हो । स्ट्रेटनिङ्ग, कलरिङ्ग आदीबाट कपाल कमजोर हुन्छ ।

६. कपाल झर्नुमा मौसमले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसममा आएको बदलावका कारण कपाल झर्ने सम्भावना बढ्छ । यसका लागि मौसम अणुसार कपालको स्याहार गर्ने गर्नु पर्दछ ।

७.कपाललाई कसिनेगरी बाँध्नाले टुक्रिन सक्छ र झर्न पनि सक्छ । त्यसैले खुकुलोसँग बाँध्ने र बेला बेला हेयर स्टाइल पनि परिवर्तन गरिराख्दा झर्न पाउँदैन ।

८. सकेसम्म हेयर कलर, मेहेन्दी, स्ट्रेट गर्ने अनि कर्ली गर्दा केमिकलले कपाललाई मात्र होइन, स्किनलाई समेत असर गर्छ ।

९.कपालको हेरचाह गर्ने तरिकामा परिवर्तन ल्याउँदा पनि कपाल झर्न रोकिएन भने डाक्टरको सल्लाह लिन सकिन्छ ।