तपाई पनि साइकोलोजी पढ्ने कि?

आफू मनोविज्ञानको विद्यार्थी भएपनी आम मानिसको यस बिषयप्रती कस्तो धारणा र साक्ष्यरता छ भन्ने बुझ्नको लागि मैले हालसालै एउटा सानो अन्लाईन सर्बे गरेको छु र यसबाट मैले प्राप्त गरेको सामान्य बुझाई र अनुभव यहाँहरु समक्ष्य साट्न खोज्दै छु।

मैले मेरो फेसबूक र जिमेल मार्फत लगभग तीन सय जना जती साथीहरुलाई मनोविज्ञान सम्बन्धी केही सामान्य र केही बिषयगत प्रश्नहरु सर्बेकोलागी सोधेको थिए। जसमध्ये हालसम्म त्रिपन्न जना साथीहरुले रेस्पोन्स गर्नुभएको छ। ति साथीहरु बिभिन्न बर्ग, समुह र क्षेत्रका हुनुहुन्छ। माद्यामिक शिक्षा देखी बिद्याबारिधी गरेका, र केही साथीहरु चिकित्सा क्षेत्रमा समेत कार्यरत हुनुहुन्छ। सानो जनसख्या माथि छोटो अध्ययन गरिएको भएपनी यस् सर्बेले सकेसम्म सबै तप्का र समुहको सुचना प्रस्तुत गरेको हुनाले मनोविज्ञानप्रतिको आम धारणा र ज्ञान(साक्ष्यरता) कस्तो छ भन्ने सामान्य ज्ञान यसबाट प्राप्त भएको मैले महशुश गरेको छु।

मलाई रेस्पोन्स गर्ने साथीहरु मध्य लगभग चवालिस प्रतिशत स्नातकोत्तर उत्तिर्ण हुनुहुन्छ। अठ्तिस् प्रतिशत स्नातक् उत्तिर्ण हुनुहुन्छ भने सत्र प्रतिशत माद्यामिक शिक्षा उत्तिर्ण। केही साथीहरु डाक्टर, नर्स र केही बिद्याबारिधी उत्तिर्ण समेत हुनुहुन्छ। सबै जना बिबिध क्षेत्रमा कार्यरत हुनुहुन्छ भने यि सबै रेस्पोन्स हरु ईमेल मार्फत प्राप्त भएका हुन।

मनोविज्ञान कस्तो बिषय हो र यसमा के के पढ्न सकिन्छ भन्ने मुख्य जिज्ञासा हो। त्यसैले मैले साथीहरुलाई मनोविज्ञान दर्शन हो कि बिज्ञान बिधाको बिषय हो भनी प्रश्न गरेको थिए। जसमा चौसट्ठी प्रतिशत साथीहरुले मनोविज्ञान बिज्ञान सम्बद्द बिषय हो भनी उत्तर दिनुभएको छ। अरु आधुनिक बिषय जस्तै मनोविज्ञानको पनि ऐतिहासिक प्रिश्ठभूमी दार्सनिक् त छ नै तरपनी आधुनिक मनोविज्ञान भने लगभग एउटा बिसुद्द बैज्ञानीक तरिकाले अध्ययन हुने बिषय हो। लगभग दुई तिहाइ साथीहरुले यस बिषयमा प्राप्त गर्नुभएको सुचनालाई प्रशम्शनीय नै मान्नुपर्छ। र, लगभग छत्तिस प्रतिशत साथीहरुले आफु भविश्यमा सम्भव भएमा मनोविज्ञान पढ्ने नै र लगभग त्यही सन्ख्याका साथीहरुले सम्भवतह पढ्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। यसबाट के अनुमान गर्न सकिन्छ भने मनोविज्ञान र मनोवैज्ञानीक अध्ययन प्रती आम् चासो र जिज्ञासा अधिकतम छ।

सत्तरी प्रतिशत भन्दा बढी साथीहरुले आफुले इन्टर्नेटमा मनोविज्ञान सम्बन्धी भिडियो हेर्ने गरेको प्रतिकृया दिनुभएको छ। यसले पनि मनोविज्ञान बिषयको लोकप्रियातालाई पुष्टि गर्छ। तर हामीले अन्लाईनमा हेर्ने भिडियो हरु कती सान्दर्भिक र उपायोगी छन त्यो भने फरक अध्ययनको बिषय हुन सक्छ।

मनोविज्ञान बिषय सम्बन्धमा अझैपनी एउटा गलत धारणा के छ भने यो बिषय भनेको मान्छेको मनभित्र के कुरा छ वा खेलिरहेको छ र एउटा जादुगरले जस्तै मनोबैज्ञानीकले अनुहार हेरेको भरमा मनभित्रका सबै कुरा हरु फ्याट्ट भन्न सक्छ भन्ने किसिमको लोकोक्ती शैक्षिक समुदायमा समेत् व्याप्त छ। त्यसैले मैले साथीहरुलाई मनोविज्ञानमा खासगरी के कुराको अध्ययन गरिन्छ भनी प्रश्न गरेको थिए। जसमा प्राय साथीहरुले मनोविज्ञानमा मान्छेको मस्तिस्क, मन र व्यबहार सबै कुराको अध्ययन गरिन्छ भन्ने उत्साहजनक र सकारात्मक जवाफ दिनुभएको छ। केही साथीहरु भने अझैपनी स्पश्ट नहुहुभएको अनुमान गर्न सकिन्छ। यसै बिषयसग सम्बन्धित चासोको बिषय के हो भने मनोबिज्ञानको अध्ययन कसरी गरिन्छ। तिस प्रतिशत साथीहरु मनोविग्यानको अध्ययन निरिक्ष्यण मार्फत गरिन्छ भन्ने सोच्नुहुन्छ। अली थोरै साथीहरुलाई बैज्ञानीक परीक्ष्यण बाट यसको अध्ययन गरिन्छ भन्ने लाग्छ। असाध्यै थोरैलाई मात्र मनोविग्यानको श्रोत दर्शन वा सिद्दान्त मात्र हो भन्ने लाग्छ। सबै जना आफ्नो ठाउमा सहि हुनुहुन्छ भने वास्तवमा माथिका सबै तरिकाले मनोविग्यानको अध्ययन गरिन्छ र यस कुरामा अधिकतम साथीहरु सहमत् हुहुहुन्छ।

मानसिक स्वास्थ्य मनोविज्ञान अध्ययनको महत्वपूर्ण बिषय हो। र यो कुरा पनि उल्लेखनीय छ कि जनस्वास्थ्यको क्षेत्रमा बढ्दै गएको मानसिक समस्या एउटा चुनौतिको विषय पनि हो अनी यस् क्षेत्रमा गर्नुपर्ने कुरा धेरै छन। खासगरी मानसिक समस्या एउटा बिकराल समस्याको रूपमा देखा पर्दै छ र यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा महत्वपूर्ण छ। मानसिक समस्या भन्ने बित्तिकै गम्भिर किसिमको पागलपन मात्र होइन भन्ने कुरा आम् समुदायलाई बुझाउनु र समस्या भएका व्यक्तिलाई उपचारको दायरामा ल्यायर गुणस्तरीय सेवा प्राप्तिको प्रत्याभूती गर्नु राज्य र सम्बद्ध सबै पक्षको दायित्व पनि हो। यसै सन्दर्भमा यदी कुनै ब्यक्तिलाई मानसिक समस्या भैहाल्यो भने उसले सर्बप्रथम एउटा फिजिसियन डाक्टरलाई देखाउने हो कि, मानसिक रोग बिषेषग्यलाई देखाउने हो अथवा मनोचिकित्सकलाई देखाउने हो, यस् कुराले उसको उसको उपचार प्रकृयालाई महत्वपूर्ण प्रभाव पारेको हुन्छ। तर हाम्रा शहरहरुमा मनोचिकित्सक अर्थात साइकोलोजिस्टहरुलाई भेट्टाउन त परको कुरा, मानसिक रोग बिशेषग्य सम्म पुग्न पनि मुस्किल छ। र सबैभन्दा ठुलो बिडम्बना त के छ भने हामी मध्य धेरैजसोलाई त मनोबैज्ञानीक, मनोचिकित्सक र मानसिक रोग  बिशेषग्य भनेका फरक फरक सेवा दिने मान्छे हुन भन्ने नै स्पष्ट छैन। एकातिर बिशेषग्य नै नहुनु र अर्कोतिर सो सम्बन्धी स्पष्टता नै नहुनुले मानसिक समस्याको निदानमा गम्भिर प्रभाव पारीरहेको छ। त्यसैले मैले साथीहरुलाई के तपाईंले कुनै प्रसिद्द मनोबैज्ञानीकलाई चिन्नुभएको छ भनी सोधेको थिए। यसमा आफुले कलेजमा मनोविज्ञान पढेका ब्यक्ती बाहेक अरुले सकारात्मक् उत्तर दिन सक्नु भएको छैन। र धेरैजसोले चाँही मनोबैज्ञानीक, मनोचिकित्सक र मानसिक रोग बिशेषग्य बिचको फरक बुझ्न नसक्नु भएको देखिन्छ।

सामान्यतया भन्नु पर्दा स्नातक् वा सो भन्दा माथि साइकोलोजिलाई मेजर बिषय बनाएर अध्ययन गरी बिशेषग्यता हासिल गरेको ब्यक्तिलाई मनोबैज्ञानीक भन्न सकिन्छ,जसको रुची अनुसन्धानमा बढी हुन सक्छ भन्न सकिन्छ। त्यसैगरी मनोबिज्ञान अध्ययन वा तालिम गरी कुनै बिशेष सिप समूहमा दक्ष्यता हासिल गरेर मानसिक समस्याको साइकोथेरापी मार्फत उपचार् गर्ने व्यक्तिलाई मनोचिकित्सक वा साइकोथेरापिस्ट भन्न सकिन्छ। र चिकित्सा शास्त्रमा  मानसिक रोग बिषयमा  न्युनतम एमडी गरेका डाक्टरहरुलाई मानसिक रोग बिशेषग्य भन्ने गरिन्छ।  मानसिक रोग वा समस्या भएका जोसुकैलाई मनोचिकित्सक र मानसिक रोग बिशेषग्य दुबैको निगरानीमा उपचार गर्नु प्रभावकारी हुनसक्छ भने सामान्य मनोबैज्ञानीक समस्या भएका ब्यक्तिलाई दक्ष्य मनोचिकित्सक वा मनोबैज्ञानीक सगको ऊपचार् र परामर्श प्रभावकारी मानिन्छ।

गाउको त कुरै नगरौ, हाम्रा राजाधानी बाहेक ठुला शहरहरुमा समेत् मनोबैज्ञानीक र मनोचिकित्सक हरुको उपलब्धता छैन। एक दुई जना ब्यक्ति र केही गैर सरकारी संस्थाहरु अहिले यस् क्षेत्रमा पाइला चाल्न प्रयासरत रहेको देखिन्छ। हालका दिनहरुमा गम्भिर मानसिक समस्या भएका ब्यक्तिहरुको पहुच मानसिक रोग बिशेषग्य सम्म बध्दै गएको कुरालाई उपलब्धिपूर्ण मान्नुपर्छ तर यस क्षेत्रमा गुणस्तरीय सेवाको प्रत्याभुती भने चुनौतिपूर्ण नै छ। मानसिक रोग र समस्या भन्ने बित्तिकै पागलपन भन्ठान्ने र यसको ऊपचारमा ध्यान नदिने र धेरै अवस्थामा धामी, झाक्री, ज्योतिशी आदिको भर पर्ने बिद्यमान चलनले समेत् ब्यक्तीको सहि ऊपचार् हुन सकेको छैन। यसबाहेक यस् क्षेत्रमा अझ धेरै मनोसामाजिक सबाल हरु छन, त्यस बारेमा छुट्टै लेखहरु मार्फत सम्बोधन गर्ने मेरो प्रयास रहनेछ।

सर्बेको अन्त्यमा मैले साथीहरुलाई के तपाईंले माद्यामिक बिद्यालय तहमा मनोबिज्ञान सम्बन्धी जानकारी पाउनु भएको थियो भनी सोधेको थिए, जसमा लगभग सबै साथीहरुको जवाफ नकारात्मक छ। केही साथीहरु स्पष्ट हुनुहुन्न। त्यसैगरि यदी तपाईंलाई नेपालमा साइकोलोजी पढ्न मन लागेमा कहाँ पढ्न सकिन्छ, लेख्नुहोस् भनी सोधेको थिए, जसमा एकाध साथीहरु बाहेक सबै अनभिग्य भएको देखियो। त्रीभुवन विश्व बिद्यालयले मानबिकी सन्कायमा स्नातक् र स्नातकोत्तर तहमा मनोबिज्ञान बिषयलाई समाबेश गरेको छ जसको अध्ययन काठमाण्दुमा बसेर मात्र गर्न सकिन्छ। शिक्षा सन्कायमा केही पेपरमा साइकोलोजिको अध्ययन गर्न सकिन्छ तर यसको प्रभावकारीता देखिएको छैन भन्ने मेरो व्यक्तिगत टिप्पणी छ। अन्य विश्व बिद्यालयहरुले पनि बिभिन्न कोर्स हरुमा केही पेपर आधारभूत मनोबिज्ञानलाई समाबेश गरेको पाइए  पनि साइकोलोजी नै मुख्य बिषय भने पाइदैन।

हालसालैको रिपोर्ट अनुसार अमेरिकी विश्व बिद्यालयहरुमा स्नातक् तहमा पढाई हुने बिशय मध्य मनोबिज्ञान एक्लैको हिस्सा छ प्रतिशत भन्दा बढी छ। यस् तथ्यबाट पनि मनोबिज्ञान बिषयको महत्व र सम्भावना कती छ भन्ने अनुमान लगाउन सकिन्छ। मनोबैज्ञानीक समस्याको ऊपचार बाहेक पनि यस् बिषयको उपयोगीता ब्यापक छ। कती सम्म भने हालसालै साफ खेलकुदमा संलग्न नेपाली खेलाडीहरुलाई समेत मनोबैज्ञानीक उत्प्रेरणाको

लागि बिशेषग्य परामर्श गरिएको थियो। केही महिना अगाडि पत्रकार सालीग्राम पुडासैनिको आत्महत्या भएपछी नेपाली मेडिया हरुमा केही मनोबैज्ञानीकहरुको धारणा सार्वजनिक भएको थियो। यि लगायत अरु थुप्रै तथ्थ्यहरुले अब नेपाली समाज र बजारमा पनि मनोबिज्ञानको आवश्यकता र सम्भावना बढ्दै जानेछ भन्ने कुरालाई पुश्टी गर्छन्।

यदी तपाईंलाई पनि मनोबिज्ञान र यस सम्बन्धी कुराहरुमा रुची र जिज्ञासा छ भने औपचारिक, अनौपचारिक कुनै पनि तरिकाले आफ्नो अध्ययन लाई अगाडि बढाउन सक्नुहुन्छ। थप् जिज्ञासाको लागि मलाई फेसबूक वा जिमेल मार्फत पनि संपर्क गर्न सक्नुहुन्छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।