नलाउने माया लाँए त्यसैले त रूँदै छु म
आँखाबाट आँशु झारी साउन, भदौ हुँदै छु म
बाँधिए नि सपनिमा तिम्रो न्यानो अङ्गालोमा
यथार्थमा एक्लो हुँदा आँशुले मुख धुँदै छु म
जिन्दगी नै त्यागी दिउँ जस्तो लाग्छ आज भोलि
मात्र तिम्रो मुख हेर्ने चाहनामा जिउँदै छु म
तिमीलाई खै के हुन्छ, यता यादले सताउँदा
रात दिन आँखाबाट आँशु बनी चुहुदै छु म
फर्कि आउँछु भनी गयौ अन्तै माया लगाएछौँ
घात रुपि विष पिउँदा मृत्युलाई छुँदै छु म ।




