ताजा समाचार

मंसिर १९ गते २०७६

भलाद्मी भष्टाचार

हरिकृष्ण चिट्ठा पर्दाको साल शिक्षकमा स्थायी भएका थिए । उनले अपरिचितलाई परिचय दिदा दरिलो पाटिको के स भनि सगर्व प्रस्तुत हुन्थे । उनको भाषामा उनी समाजसेवी थिए । त्यसैले उनी विद्यालयमा वर्षको वढीमा असी दिन हाजिर हुन्थे । शिक्षा पुरस्कार धेरै चोटि थापि सकेका थिए । त्यसै ठाँउका एकजना डिलाराम नाम गरेका किसान थिए । उनी तरकारी उत्पादन गरि स्थानीय बजारमा बिक्री गर्दथे । अरुले तरकारीमा किरा हटाउने गर्दथे भने उनले विषादी रहित बनाउन थोरै भए पनि किरा लागेको तरकारी खोजी खोजी मिसाउने गर्दथे । हरिकृष्णले जस्तो साथीहरूसंग चिया नास्ता खादा सधै पर्स बिर्सदैनथे । एक दिन चौपारीमा वसि ती दुई जना घोजपेजको शैलीमा वादविवाद गरिरहेका थिए । तिनीहरूका कुरा सुन्ने केही व्याक्तिहरु पनि थिए ।

डिलारामले हरिकृष्णलाई नेपालका कति राजनैतिक पाटिहरुका नाम थाहा छ भनि सोधे । हरिकृष्णले सयौंको नाम मात्र होइन दर्शन र ईतिहास समेत थाहा छ भनि उत्तर दिए । तपाईंले पढाउने उपल्लो कक्षा पाँचमा कति जना विद्यार्थी छन् भनि दोस्रो प्रश्न सोधे । हरिकृष्ण अनकनाई सात जना छन् कि भनि उत्तर दिए । ती विद्यार्थीलाई मैले पढाउन थालेको पाँचै वर्ष भयो भनि थप प्रष्टाए । तिनीहरूको नाम भन्न सक्नु हुन्छ भन्ने तेस्रो जिज्ञासामा उनले एउटाको नाम काले अर्को मनिटर अनि कर्मीकी छोरी भनि सके पछि अड्किए । तपाईंका छोराछोरी पढाइमा किन कमजोर भनि सोध्दा बोडिङ भनेका पैसा खाने मात्र त हुन भने । तपाईंले पढाउने विद्यार्थी किन कमजोर भनि सोध्दा हाम्रो विद्यालयमा हुने हाजिरी जवाफमा सधैं प्रथम हुन्छन् अरु कुरा अभिभावकलाई सोध्नुहोस भने । त्यसपछि हरिकृष्णले डिलारामलाई सोध्न थाले । तिमीले सागपात खान्छौ कि खादैनौ ? खान्छु किन नखाने आफ्नै घरमा छ । किन तिमीले आँखा कम देख्छौ र खोकि पनि रहन्छौ भनि सोध्दा धेरै गोरस खाएर भएको प्रतिक्रिया दिए । ती कुरा सुनिरहेकी एकजना वृद्ध आमा जुरुक्क उठि यहि हो भलाद्मी भष्टाचार ! यता पनि हान्यो उता पनि तान्यो, अरु हाँसेको र नानीको बाउ कासेको भन्दै आफ्नो घरको बाटो लाइन । त्यसपछि हरिकृष्ण र डिलाराम एक अर्कोको मुखमा हेराहेर गरे ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।