ताजा समाचार

मंसिर १३ गते २०७६

कविता : म ढाल हुँ यो देशको

पुर्खाले आर्ज्या देश यो
बिभिन्न भाषा भेषको
सिमाना टिष्टा कागडा
उठायौ फेरि झगडा

बिर्सेका छैनौ हामीले
बँचेका चिसो पानीले
बैरीका शिर काटेथ्यौँ
एकता डोरी बाटेथियौँ

खुकुरी खुँडा लिएर
केवल पानी पिएर
स्वच्छ छ हावा हिमाली
पाइला बढ्छ अगाडि

गर्दैनौँ जाइ कटक
नमिच सयौं पटक
पर्खाल सिमा लाउँछौ
यो माटो कहाँ पाउछौ रु

पाइला राख्यौ सुस्तामा
मिलाउ यहीँ पुस्तामा
कालापानी नि हाम्रो हो
तिमीले बुझ्नु राम्रो हो

ब्वाँसाको जस्तै ब्यहोरा
फुकाली आँखा नहेर
हटाउ गिद्धे नजर
लोभले तिमी नमर

मित्र हो जस्तो नगर्दा
मित्रता बीउ नछर्दा
मिचाहा तिम्रो बानीले
यो दुख पायौँ हामीले

सुधार नयाँ नक्शा त्यो
मिचेर सिमा बनेको
इमान्दार छु नभन
सामन्तबादी नबन

सिमाना स्थिर बनाउ
सुगौली सन्धी समाउ
खेल्दैनौ पौठे जोरी त
असल मित्र हामी त

बर्खामा भेल उर्लँदा
दक्षिण तिमी कुर्लदा
कोशीको छेउ सुस्तायो
त्यो सिङ्गो गाउँ मुर्झायो

हातमा बन्दुक नबोक
मुटुमा झिर नरोप
हक छ हाम्रो समान
सानो छ देश नभन

टुङ्याउ बार्ता गरेर
असल बीउ छरेर
स्पस्ट हुन पाइन्छ
पुरानै नक्शा चाहिन्छ

अन्तरास्ट्रिय मन्च छ
नगइ कहाँ सन्छ छ
यथार्थ न्याय दिलाउ
फाटेको नाता सिलाउ

सरकार खुट्टा नकमा
ख्याल गर्ने छैन जमना
कथा हो घाम पानीको
मोदि काकाका बानीको

कसरी बस्न सक्छु म
यो माटो बैरीले छुँदा
म हेरी बद्न सक्दिन
धुरुधुरु आमा रुँदा

सपूत हुँ म देशको
सुरक्षा गर्छु यसको
म ढाल बन्छु पहाड
हिमाल र मदेशको

म बैरी सामु झुक्दिन
झुकाइ शिर लुक्दिन
बढाउछु यी पाइला
कातर बनेर रुक्दिँन

म भक्त हु यो रास्ट्रको
शसक्त हुँ म रास्ट्रको
टिपेर शिर चढाउछु
सिमाना हाम्रो नघ्छ जो

रमाउ स्वार्थ फालेर
घृणा र ईष्या ढालेर
अशल मित्र बनिन्छौँ
नत्र अरिङ्गाल खनिन्छौ