ताजा समाचार

कार्तिक १८ गते २०७६

मंसिरमा लोकबाजा सम्मेलन

पोखरामा पहिलो पटक आगामी मंसिरमा लोकबाजा सम्मेलन हुने भएको छ । मंसिर २० र २१ गते हुने २ दिने सम्मेलन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली सांस्कृतिक परिवारले आयोजना गर्न लागेका हुन् ।

गण्डकीमा प्रचलित धुनहरु संरक्षण गर्ने उद्देश्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजकसमेत रहेका हिमालीका अध्यक्ष मेनकाजी गुरुङले बताए ।