कार्तिक ११ गते २०७६

ताजा समाचार

कार्तिक ११ गते २०७६

मंसिर २७ मा ‘१२ सत्ताइस’



जोन योञ्जनको निर्देशन रहेको फिल्म ‘१२ सत्ताइस’को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर फष्टलुक पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार देखिएका छन् । 

समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ३ जना युवा बेरोजगारको कथामा बनेको हो । 

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म रेणु राना, दीपक खतिवडा र रुपक थापाले मिलेर बनाएका हुन् । मंसिर २७ रिलिज मिति तोकिएको फिल्ममा दीपक आर्जेको संगीत समेटिएको छ । 


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं