ताजा समाचार

कार्तिक १ गते २०७६

हिजो आजका कुरा फिल्म बनाउँदै सन्तोष र रमा

कुनै बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्यश्रृखला ‘हिजो आजका कुरा’ नाममा फिल्म बन्ने भएको छ । पन्त फिल्मस् प्रालिले शुक्रबार राजधानीमा कार्यक्रम गरी यस्तो घोषणा गरेको हो।

सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलिया नै फिल्मका पनि मुख्य कलाकार रहने छन् । फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकारद्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतकोे पनि अभिनय रहने बताइएको छ ।

सन्तोष पन्तका छोरा साकारको निर्देशन रहने फिल्म तिहारपछि छायाँकन हुनेछ । हिजो आजका कुराले जस्तो विषयबस्तु उठाउँथ्यो, त्यस्तै विषय यो फिल्ममा रहेको पन्तले बताए ।

फिल्मको कथा सन्तोष सन्त र साकार पन्तले तयार पारेका हुन् । जसको पटकथा सन्दीप किस्नाले लेखेका छन् ।