तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुन सक्छ ।
धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुन थाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।
अचार, दही र कागतीको रसः
तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ ।
यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाई जस्तो समस्या हुनसक्छ ।
यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।
अमिलो फल र दुधः
तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् ।
स्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्ने जस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।




