hatti

हात्तीले कुल्चिएर महिलाको मृत्यु

जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उनको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं