पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।त्यसअअघि राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको थियो ।
आन्दोलनरत जेन(जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको शितल निवास स्रोतले बतायो।
राष्ट्रपति रामचन्द्र पौडेल र जेन(जीबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
राष्ट्रपति पौडेलले कार्कीलाई ुम तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छुु र प्रधानमन्त्री भएपछि पहिलो बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेर भनेका थिए।
तर आन्दोलनरत जेनजीका प्रतिनिधि भने संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।
अन्ततः राति जेनजीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।




