राजनीतिमा रहेर केही गर्नु छैन: कार्की

जेनजी आन्दोलन बदलिएको राजनीतिक परिदृश्यबिच अन्तरिम सरकारको नेतृत्व कसले गर्छ भन्ने चासो सर्वत्र छ । यही बिचमा जेनजीको समूहले सर्वोच्च अदालतका पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नाम अघि सारेको छ ।

यदि कार्कीको नेतृत्वमा सरकार बने उनका प्राथमिकता कस्ता हुोलान् ? यसै विषयमा भारतीय टेलिभिजन न्यूज १८ लाई कार्कीले दिएको अन्तर्वार्तामा केही कुरा खुलेका छन् । उनले अन्दोलनकारील आफूलाई चुनावी प्रयोजनको लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेको आफूले यसलाई स्वीकार गरेको जनाएकी छन् ।


आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिने पहिलो कामपछि अरु काम गर्न सकिने उनको भनाइ छ । अहिलेको परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व नागरिक समाजबाट अरु कसैले पनि गर्न सक्ने तर राजनीतिक नेतृत्वबाट नहुने उनले टिप्पणी गरेकी छन् ।

भारतीय प्रधानमन्त्री् आफ्ना श्रीमान दुर्गा सुवेदीका नजिकका साथी भएको जनाउँदै उनले भनेकी छन्, मेरो श्रीमान पनि उतै हुनुहुन्छ, उहाँहरू पनि राम्रो साथी हुनुहुन्छ, भेटघाट भइरहन्छ ।

अब हुने चुनावमा युवाहरु नयाँ दल खोलेर वा पुरानै दलमार्फत् दुवै बाटोबाट आए पनि स्वभाविक मान्नुपर्ने उनको भनाइ छ । चुनाव गर्न ६ महिना लाग्ने जनाउँदै उनले तर छोटो समयमा चुनाव गरेर सत्त हस्तान्तरण गर्ने उल्लेख गरेकी छन् । कार्की भन्छिन्ःम कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन ।