प्रधानमन्त्री बन्न रेडी छुः हर्क साम्पाङ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नेपालको प्रधानमन्त्री बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले युवाले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको जनाएका हुन् । जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका हुन् ।

केही जेनजीले सुशीला कार्की नै अहिलेको समयमा उत्तम हुने बताएका छन् । केही युवाले बालेनले नेतृत्व लिन नमाने हर्क विकल्प हुन सक्ने विचार राखेका थिए ।