माटो, पानी, अक्सिजन पाईकन, बिउ बन्छ है रुख
कठिन हुनेछ यात्रा संरक्षणको, पाइन्न पहिल्यै सुख
आफू उम्रिएदेखि नै दिन्छन्, रुखले अक्सिजन
यी बिना हाम्रो अस्तित्व छैन, हो कि होइन भन ।
अलिक ठूलो भएपछि दिने काठ, फलफूल र दाउरो
अझै अचार खान पाइने, टिपिकन काउरो
बहुमूद्यय सुनाखरी नि रुखैमा, आड लगाई फुल्छ
बनाईदिन्छ हामीलाई सजिलो, आफ्नो दुःख त भुल्छ ।
चराचुरुङ्गी, सर्प र मुसा, बस्दछन् मौरी अनि
खान्छन् कीरा यी जीवजन्तुले, फाइदा किसानलाई पनि
मौरी त अझै परागसेचन गर्ने, रुखमा फलफूल लाग्ने
साह्रै गर्मी भएसी मान्छे नि, त्यै रुखको शितलमा जाने ।
मानिस बस्ने काठको घर, बाघ, भालु बस्ने वन
वनकर्मीहरुको हुन्छ है तीव्र, यसलाई जोगाउने मन
गौतम बुद्धले पाएका थिए, पीपलको रुखमुनि ज्ञान
रुखबिरुवा जोगाउनुपर्दछ, भाइबैनीहरुले जान ।
वायुमण्डलबाट ग्याँसहरु लिएर बनाउँछ आफ्नो खाना
खानाको रुपमा कार्बन सोस्छ, दिन्छ है उत्पादन
कुनै रुखले नाइट्रोजन लिने र त्यै माटोलाई दिनी
हर तरहले फाइदा गर्छन्, गुणकारी छन् यिनी ।
रुखको पातले पानी पर्दा, बहाव कम पार्छ
थो थोरै पानी त माटोले सोस्छ, बाढी त त्यसै टार्छ
जराहरु तैनाथ बस्दछन्, पानीलाई रिचार्ज गर्न
रुखहरुले गर्दा कुवामा पानी छ, हिँड जाउँ साथी भर्न ।
वृक्षको महिमा बताईसके नि, हुन्न है सबै रुख पाल्न
वैज्ञानिक प्रविधि लगाई फाइदा लिन, सोच्नु पर्छ कि फाल्न
कसरी, कति, कुन रुख काट्ने, कुन चाँहि राख्ने भनी
यो कुरा त पूराका पूरा, उद्देश्यमा निर्भर छ नि ।
डिभिजन वन कार्यालय पर्वतकी पर्वतकी अधिकृत पौडेल अहिले कुल अफ फरेस्टी एन्ड नेचुरल रिर्सोस म्यानेजमेन्ट, बल्खु काठमाडौँमा स्नातकोत्तर गर्दै छिन्




