कास्कीको साबिक लेखनाथ नगरपालिकाका प्रमुख शालिग्राम पौडेल एमाले प्रवेश गरेका छन् । उनी पछिल्लो समय माओवादी केन्द्रमा थिए ।
शुक्रबार आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । पौडेल २०५४ सालको स्थानीय निर्वाचनबाट लेखनाथ नगरपालिकाको मेयर चुनिएका थिए ।
२०६५ सालको उपनिर्वाचनमा उनी एमालेबाट संविधान सभा सदस्य उम्मेदवार भए पनि पराजित भएका थिए ।
संविधान सभाकी सदस्य एवम् पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा ९एमाले० प्रवेश गरेकी हुन्।
शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।
माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो।
मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो। शेर्पाले आफू वामपन्थी एकताका लागि फेरि एमालेमा गएको बताइन्।
माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा पनि एमाले प्रवेश गरेका छन् ।




