पोखराको मेयरमा सत्ता गठबन्धनबाट मेयर को ?

सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादी(एस)लाई पोखरा महानगरको मेयर दिने निर्णय गरिसकेको छ । अघिल्लो स्थानीय तह चुनावमा कांग्रेस र माओवादी तालमेल हुँदासमेत एमालेले १४ हजार मतान्तरले जितेको पोखराको मेयरमा सत्ता गठबन्धनले कसलाई उठाउँला त ?

एमालेले जितेका महानगरमा बागबन्डा गर्ने केन्द्रीय नीति अनुरुप नेकपा एसले पोखरा महानगरको मेयरको उम्मेदवार पाएको हो । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट श्रीनाथ बराल, धनराज आचार्य, विजयबाबु बनवासी, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा, प्रेमबहादुर थापा, दिलु पन्त लगायत आकांक्षी छन् ।

नेकपा एस कास्की अध्यक्ष धनराज आचार्यले बुधबारसम्म मेयरको नामा टुंगो लाग्ने बताए । मेयरमा श्रीनाथ र धनराजकै सम्भावना बढी भएको स्रोत बताउँछ ।