पोखरामा गठबन्धन भागबन्डा: मेयर एस र उपमेयर कांग्रेसलाई

सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको भागबण्डामा सहमति भएको छ ।

गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको हो ।

पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादी(एस)ले पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने छन् ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ ।

महानगरका उपमेयरमा सहमति भएको छ । कांग्रेसलाई तीन र अरुलाई एक, एकवटा महानगरको उपमेयर दिइएको छ ।

कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयर पाएको छ ।

ललितपुरमा माओवादी र बिराटनगरमा जसपाले उममेयर पाएका छन् ।