कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपालले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ ।
एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएसँगै भागबण्डाबारे छलफ भएको हो । राप्रपा नेपालले कम्तिमा ३० स्थानीय तहमा दाबी गरेको छ ।
दुबै पक्षबीच केन्द्र तथा जिल्लाका साथै स्थानीयस्तरमा समेत छलफल र मत विश्लेषणका आधारमा उम्मेदवार उठाउने समझदारी भएको बताइएको छ ।
राप्रपा नेपालका महामन्त्री तथा स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील श्रेष्ठले बुधबार तालमेलबारे ५ बुँदे सहमति भएसँगै एमालेको सूर्य चिह्नबाटै चुनाव लड्न निश्चित भएको बताए । चुनाव जितेपछि उनीहरु राप्रपा नेपालकै हैसियतमा रहने गरी सहमति भएको छ ।




