एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारीदिने घोषणा गरेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गरेका छन ।

एकताबद्ध पार्टी बनाउन पनि उम्मेद्वारी आवश्यक परेको रावल निकट केन्द्रीय सदस्य प्रकाश साहले भने । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट थिए । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे ।