कुलमानको नियुक्ति खारेज गर्न माग गर्दै हितेन्द्र सर्वाेच्चमा

कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पद थमौती गरिपाऊ भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले रिट निवेदन दर्ता गरेको सर्वोच्च स्रोतले जनाएको छ ।

शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । शाक्यलाई सचिव सरहको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरी उनको ठाउँमा कुलमानलाई नियुक्त गरिएको थियो ।