मन्त्री मनाङेले दिए राजीनामा, विपक्षी गठबन्धनमा लागेको घोषणा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामा सरकारले विश्वासको मत लिने बेला बिहीबार अनुपस्थित उनले साँझ राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री पदमुक्त भएकाले नैतिकरुपमा मन्त्री हुन नमिल्ने उनले राजीनामा उल्लेख गरेका छन् ।

प्रदेश सभालाई विघटनबाट बचाउन मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको मनाङेले राजीनामा लेखेका छन् ।