कर्णालीमा माधव पक्षलाई राहत

सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका ४ प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेपछि माधव नेपाल पक्षलाई राहत भएको हो ।

४ सांसदलार्य निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले बिहीबार अन्तरिम आदेश दिएको हो ।

सांसदहरु ज्वाला, बुढा, थापा र शाहीले फ्लोर क्रस गरी बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।