लघु कथा: नाकले खान भएन !

पसले साहु र साहुनी साह्रै छुचा थिए | विभिन्न पिडित व्याक्ति,संघ संस्था, राजनैतिक पाटी र भाइ बैनी संगठनहरु दैनिक जसो पसलमा चन्दा, सहयोग र राहत माग्न आउने गर्दथे | त्यस अवस्थामा साहु लुक्ने गर्दथे भने साहुनीले भन्ने गर्दथिइन् – सहयोग त गर्न हुन्थ्यो | मालिक हुनु हुन्न, मुख हुदा हुदै नाकले पानी खान भएन ! यसो भन्दा भन्दै साहुनीको ‘नाकले खान भएन’ भन्ने थेगो बस्न गएछ | एक पटक आगोलागीबाट घर सखाप भएको परिवार सहयोग माग्न आएछन् | साहुनीले आफुले भन्दै आएको भनाइ राखिछन् | साहु कहिले आउनु हुन्छ भनि सोधेपछि साहुनीले भनिछिन् – भनेर जाने भए पो | कुन्नि के जातिलाई वन र स्वस्नीलाई मन दिनु हुन्न भन्नु हुन्छ |

एक दिन साहुलाई एक्कासि बिसन्चो भयो | ऊनलाई अस्पताल लगियो | तीन दिनसम्म सामान्य वार्डमा राखेर उपचार गरियो | साहुनीले घरैबाट खाना ल्याउने गर्दथिइन् | राती उनका भान्जाले बिरामी कुर्ने गर्दथे | चौथो दिन राती बिरामीलाई रोगले च्याप्दै लग्यो | उनलाई आइसियुमा सारियो | नाकमा पाइप लगाइयो | बिहान साहुनी खाना ल्याएर आइन् | श्रीमान् को यो हालत देखेर आत्तिदै भन्न थालिन् – के भयो ? नाकले खान भएन | किन बोल्नु हुन्न ? नाकले खान भएन | बर्वादै भयो ! नाकले —-| नजीकै उभिएका डक्टर केहि रिसाउदै भने – मुखबाट खान नमिलेकाले यसो गरिएको हो | नाकैबाट खानाको मात्रा दिइन्छ | जाहाँबाट पास हुन्छ यसै गर्न प-यो |

ती भान्जा र उनका साथी बाहिर उभिएर यो संवाद सुनिरहेका थिए | साथीले सोधे – किन उहाँ ‘नाकले खान भएन’ मात्र भनि रहनु हुन्छ ? भान्जाले हाँसो दबाउदै भने – यो माइजूको थेगो हो | डक्टर र तपाईंलाई कसरी थाहा होस् ! ती साथीले भने – थेगो पनि अनौठो ! राष्ट्रपतिले खोपको लागि किन चिठी लेखेको भने जस्तो | कसैका घरमा बुढी पनि हालीमुहाली हुन्छन् | अझै आपत विपत् मा बुढीले पनि दिन मिल्छ नि !