आजै मन्त्रिपरिषद् विस्तार, बादल पत्नी मन्त्री बन्दै

पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलासहित अरु ६ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रामबहादुर लगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले पूर्वमाओवादी समूहबाट नैनकलासँगै ज्वाला शाहलाई समेट्ने छन् । शाह कृषिमन्त्री बन्ने छिन् ।

नयाँ मन्त्रिपरिषद्मा नरदमुनी राना वनमन्त्री, मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी, गृहमन्त्री र राजकिशोर यादव उद्योगमन्त्री बन्ने स्रोतले जनाएको छ ।

गणेश पहाडी सामान्य प्रशासनमन्त्री बनाइन्छ । एमाले नेता माधवकुमार नेपाल पक्षका पहाडी पछिल्लो पटक ओली पक्षमा लागेका हुन् ।