गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्रीमा शपथ लिएको आज एक महिना पुगेकाले उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । प्रदेशसभाको बैठक मध्याह्न १२ बजे सुरु हुँदै छ ।
मनाङे प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । मनाङेलाई आफ्नो पक्षमा लैजान १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । बुधबारको मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका मनाङेले प्रदेशसभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनमा लागेको तर्क गरेका छन् ।
अब अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण मुख्यमन्त्री हटाउन असफल भएको गठबन्धन अब भने आफ्नो पक्षमा बहुमत पुग्नेमा विश्वस्त देखिएको छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।
६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ ।
कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई समर्थन नगर्ने प्रष्ट पारिसकेका छन् ।




