प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले बहसका लागि दुवै पक्षलाई अधिकतम १५–१५ घण्टा दिने भएको छ ।
बुधबार बसेको संवैधानिक इजलासले दुवै पक्षको बहस सकिने गरी समय निर्धारण गरेको हो । रिट निवेदक र विपक्षीले शुरूमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले बहसका लागि समय निर्धारण गरेको हो ।
अदालतको सहयोगीका रुपमा उपस्थित हुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चार जनालाई कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान गर्ने उल्लेख छ ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको छ ।




