एमाले उपाध्यक्ष रामबहादुर थापाले एमाले–कांग्रेसबिच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मुलुकमा निर्वाचनको माहोल खडा भइरहेका बेला उनले कांग्रेस र एमालेबिच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए ।
संसद् पुनःस्थापना गरेर वा निर्वाचनमा गएर काँग्रेस एमालेले प्रतिगमनकारीहरुलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो ।
उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढन सक्ने धारणासमेत राखे ।




