कास्कीकोटमा स्कुल बसको ठक्करले बालकको मृत्यु

पोखरा महानगरपालिका वडा नं.२४ कास्किकोटको काउलेमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर बाल प्रतिभा बोर्डिङ स्कुलको ग१क ४०८२ नम्बरको बसले नर्सरीमा पढ्ने समीर कार्कीलाई ठक्कर दिएको थियो ।
सोही बसबाट झरेर घर जान लाग्दा बसले ठक्कर दिएपछि घाइते समीरलाई उपचारका लागि पोखरा–८, सिर्जनाचोकको मेट्रोसिटी अस्पतालमा ल्याएकोमा ४ बजे मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उक्त बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।