नेकपा एस कास्कीः श्रीनाथ इन्चार्ज, धनराज सहइन्चार्ज

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन हेरफेर गरेको छ । पार्टीको कास्की इन्चार्जमा श्रीनाथ बराल छन् भने पोखरा महानगरका मेयरसमेत रहेका धनराज आचार्य जिल्ला सहइन्चार्ज बनेका छन् । आचार्यसँगै रत्नकुमारी गुरुङ र कृष्ण नेपाली पनि सहइन्चार्ज बनेका छन् ।

समाजवादीले गण्डकी प्रदेशको नेतृत्वमा पनि हेरफेर गरेको छ । तुलबहादुर गुरुङ प्रदेश इन्चार्ज बन्दा अध्यक्षको जिम्मेवारी रामजी शर्माले पाएका छन् । शारदा सुवेदी प्रदेश सहइन्चार्ज, श्रीनाथ बराल र प्रेमनारायण पौडेल उपाध्यक्ष र प्रतापलाई श्रेष्ठ सचिव छन् ।

समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ ।