जहाँ पालिकाका सबै जनप्रतिनिधि एमालेले जित्यो

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरेको छ । अध्यक्षदेखि वडासदस्यसम्म सबै पदमा एमाले विजयी भएको छ । अध्यक्षमा नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी हुँदा उनका प्रतिपस्र्धी नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १,२५७ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी भागिरथी भट्टराई ५,८९४ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत मात्र ल्याइन् ।

पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जितेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ३२ पदमै एमाले विजयी भएको हो ।