सरकार जेसुकै होस्, एमसीसीमा समर्थन छैनः नेपाल

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने बताएका छन् ।

आइतबारको संसद् बैठकपछि उनले सरकार जेसुकै भए पनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए ।

एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ, उनले भने ।

एकीकृत समाजवादीले सरकारलाई एमसीसी टेबल गर्न दिएको थियो । तर, अब पास गर्नमा भने समर्थन गर्न नसकिने उनले बताए ।