जनताले आधा पेट खाएर पैसा दिन्छन्, एमसिसी फिर्ता गरौंः दुर्गा पौडेल

सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ ।

सांसदमा बोल्दै उनले एमसिसी खारेज गर्नुपर्ने बताइन् । बरु आधा पेट खाएर जनता पैसा दिन्छन् भन्दै उनले यसलाई खारेज गरिनुपर्ने बताइन् ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘एमसीसी टेबल गर्न नै हुन्न । पेलेर पेश गरे विपक्षमा मतदान गर्छौं ।’

गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने उपाध्यष पौडेलले जानकारी दिइन् ।