कास्कीका सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयन

कास्कीका अधिकाँस वडामा आज एकै दिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका र अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका गरी पाँच स्थानीय तहका ७२ वडा मध्ये एकाधबाहेक सबैमा अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

एक÷दुई वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभए पनि अन्य सबैमा अधिवेशनबाट नेतृत्व चयन गरिएको छ । पोखरा महानगर र गाउँपालिकाका अधिकाँस वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केहीमा निर्वाचन प्रक्रिया चालू छ ।

गुरुङले भने, “पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै कास्कीका सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्वसमेत चुनिएको छ । ”
नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका १ मा रुद्र लुईटेलको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।

पोखरा–६ को अध्यक्षमा कृष्ण आचार्य चयन भए । कमिटीको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी छन् ।

पोखरा–८ वडा मा हिराकाजी श्रेष्ठ अध्यक्ष रहेको कमिटी निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा रामजी घिमिरे, सचिवमा हरिशचन्द्र मानन्धर, सहसचिवमा विवेक भुजेल र कोषाध्यक्षमा नानीमाया गुरुङ निर्वाचित भए । अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत चयन गरेको छ ।

पोखरा महानगरपालिका–१६ को वडा कमिटीको अध्यक्षमा निर्मल आचार्य सर्वसम्मत बने । उपाध्यक्षमा गोमा परियार, सचिव जीवन बस्नेत, सहसचिव सविना राना र कोषाध्यक्ष भीमबहादुर गुरुङ रहेको ४७ सदस्सीय कमिटी निर्वाचित भएको छ । अधिवेशनबाट १४ जना महानगरपालिका अधिवेशनको प्रतिनिधि छनोट भए ।

पोखरा महानगरपालिका–११ माओवादी केन्द्रको अध्यक्षमा मनोज रसाइली सर्वसम्मत चयन भए । ४५ सदस्सीय कमिटीको उपाध्यक्षमा विष्णुप्रसाद आचार्य,सचिव चिन्तामणि खरेल, सहसचिव सरिता विक र कोषाध्यक्ष उषा विश्वकर्मा छन् ।

यसैगरी नौ वडा रहेको माछापुच्छ«े गाउँपालिकामा पनि वडा अधिवेशन भएका छन् । माछापुच्छ«े गाउँपालिका २ को प्रथम अधिवशेनले पुष्पराज गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा गमबहादुर तामाङ, सचिव बाबुराम गुरुङ, सहसचिब भिम बहादुर विक र कोषाध्यक्ष मञ्जु तामाङ चयन भए ।

माछापुच्छ«े–३ वडा कमिटीको अध्यक्षमा नारायण दवाडी, उपाध्यक्षमा मनकुमारी नेपाली, सचिव पदम नेपाल, सहसचिव विष्णु पोखरेल र कोषाध्यक्षमा विष्णुमाया नेपाली रहेको २९ सदस्सीय कमिटी निर्विरोध निर्वाचित भएको गाउँपालिका कमिटीका सचिव शिवप्रसाद पोखरेलले जानकारी दिए ।

माछापुच्छ«े–८ को अध्यक्षमा गणेश आचार्यको अध्यक्षतामा १९ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा मनबहादुर क्षेत्री, सचिव हरिप्रसाद पौडेल, सहसचिव दिलप्रसाद अधिकारी र कोषाध्यक्षमा पार्वती लामिछाने सर्वसम्मत चयन भए ।

अन्नपूर्ण गाउँपालिका–३ को अध्यक्षमा विष्णुप्रसाद पौडेल(नारान, उपाध्यक्ष गुरुदत्त भारती, सचिव ओमप्रसाद पौडेल, सहसचिव भोलानाथ पौडेललाई र कन्याकुमारी गुरुङ कोषाध्यक्षमा सर्वसम्मत चयन भए । अन्नपूर्ण गाउँपालिका–५ मा दीपेन्द्र गिरीको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको सचिवमा भीमबहादुर छन् ।

रुपा गाउँपालिका–१ माओवादी केन्द्रको वडा कमिटीको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा बाबुराम सुबेदी, सचिवमा नानी बाबु कोइराला, सहसचिवमा कृष्णप्रसाद खनाल र कोषाध्यक्षमा राधिका खनाल चयन निर्विरोध भए ।

रुपा–३ को अध्यक्षमा सन्तबहादुर भुजेल, उपाध्यक्षमा टीका बहादुर बस्नेत, सचिवमा भीमबहादुर बिक, सहसचिवमा भरत खिमाल र कोषाध्यक्ष रीता बिक निर्विरोध बने ।

रुपा–४ को अध्यक्षमा नवराज रेग्मी, उपाध्यक्ष मदन बहादुर घिमिरे, सचिवमा शङ्कर सुनार, सहसचिवमा आसमाया राना र कोषाध्यक्षमा मनबहादुर सुनार निर्वाचित भए ।

रुपा–७ वडा कमिटीको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा ईश्वरीप्रसाद सुबेदी, सचिवमा सुमन सुबेदी, सह सचिवमा पूर्णबहादुर चदरा, र कोषाध्यक्षमा कमला विक चयन भए ।

मादी गाउँपालिकाका १२ वटै वडामा अधिवेशनबाट नेतृत्व चयन गरिएको जनाइएको छ । वडा नं १ को अध्यक्षमा टीकप्रसाद गुरुङ र सचिव सिर्जना नेपाली, वडा नं २ मा अध्यक्ष मेघराज गुरुङ र सचिव कुमार गुरुङ र वडा नं ३ मा अध्यक्ष बेलबहादुर गुरुङ र सचिव बुद्धिबहादुर रानाभाट निर्विरोध बने ।

मादी–४ मा अध्यक्ष नवराज पौडेल र सचिव नेत्रबहादुर विक,मादी–५ मा भवानी शंकर बास्तोला अध्यक्ष र सचिव शिवप्रसाद अधिकारी तथा मादी–६ मा दीपक परियार अध्यक्ष र महादेव पौडेल सचिव रहेको वडा कमिटी सर्वसम्मत चयन गरिएको जिल्ला सदस्य लालबहादुर गुरुङले जानकारी दिए ।

यसैगरी मादी–७ को अध्यक्षमा दुर्गाबहादुर गुरुङ र सचिव सन्तोष तामाङ, वडा नं ८ मा होमबहादुर गुरुङ अध्यक्ष र रञ्जन गुरुङ सचिव, वडा नं ९ मा विजयराज अधिकारी अध्यक्ष र सचिव मनबहादुर परियार र वडा नं १० मा रामप्रसाद पौडेल अध्यक्ष र सचिवमा बालकृष्ण सुवेदी निर्वाचित भए ।

वडा नं ११ मा बुद्धिनाथ खनाल अध्यक्ष र सचिव अनिल नेपाली तथा मादी–१२ मा लेखनाथ बराल अध्यक्ष र सचिव सन्तोष पौडेल छन् ।